तुलना गर्दै गिज्याउने प्रवृत्तिले बालमानसिक स्वास्थ्य खलबल्याउदै

बालबालिकाहरुको क्षमता, प्रयास तथा परिणामलाई एक अर्कासंग दाँज्नु भनेको अभिभावकहरुले गर्ने ठूलो गलती हो।यसले सकारात्मक भन्दा कैयौँ गुणा बढी नकारात्मक असर पार्दछ।यस्तो खाल्को प्रवृत्ति बालबालिकाका लागी प्रेरणा कम, यातना बढी हुन्छ।बालमानसिक स्वास्थ्य तथा व्यवहारमा लामो समय सम्म कुनै गहिरो घाउको खत सरह यस्को प्रभाव रहिरहन्छ।

बालबालिका सजावटका सामान हैनन् । अभिभावकले बालबालिकालाई आफ्ना महत्त्वाकाङ्क्षा पुरा गरिदिने अथवा समाजमामा आफ्नो प्रतिस्ठा बढाईदिने संसाधन को रुपमा प्रयोग गर्नु कुनै अपराध भन्दा कम हैन।यसले बालबालिकाको व्यक्तित्व विकासमा गहिरो आघात पुर्याउछ।

बालबालिकाहरुलाई एकअर्का संग तुलना गर्दा पर्ने असरहरु

१• आत्मविश्वासमा कमी: बालबालिकाहरुलाई अरुसंग दाँजेर होच्याउदा, उनीहरुले आफूलाई कम्जोर ठान्न थाल्छन् । बिना प्रयास नै हार स्विकार्छन्।सुरुवात गर्न समेत हिचकिचाउछन्।

२• स्वाभाविक व्यक्तित्व विकासमा नकारात्मक असर: बालबलिकाले आफ्नो भविष्य निर्माणका लागी आवश्यक कुनै किसिमको कार्य आत्मविश्वासको कमिले सम्पन्न गर्न तत्परता देखाउदैन्न।जस्ले गर्दा उनीहरुको सिकाई र बुझाईमा नकारात्मक असर पर्न जान्छ।

३• उदासिन्ता तथा हीनताबोध हुनु : बालबालिकाले आफ्नो व्यक्तिगत क्षमता तथा प्रतिभालाई बिर्सी आफूलाई कमजोर तथा निरिह ठान्न थाल्छन्।आफू प्रति हिन भावना उत्पन्न हुन थाल्छ।अलगथलग, एक्लै तथा उदास बस्न थाल्छन्। सामाजिक क्रियाकलापमा सकेसम्म सहभागी हुन चाहदैनन्।

४• भावनामा आघात पुग्नु तथा तिरस्कृत महसुस गर्नु: बालबालिकाले आफू अभिभावकको प्रेम तथा स्नेहबाट वञ्चित भएको अनुभव गर्न थाल्छन्।अपेक्षाकृत व्यवाहार नहुदा उनीहरुको भावनामा ठेस पुग्न सक्छ।उनीहरुको आत्मसम्मानमा समेत ठेस् पुग्छ।

५• अभिभावक र बालबालिका बिचको संबन्ध चिसिनु: अभिभावकको यस्तो किसिमको व्यावहारले बलबालिका तथा अभिभावक बिचको दुरी क्रमशः बढ्दै जान्छ। यस्तो परिस्थितिमा बालबालिकाहरुको कुसङ्गति र कुलतमा पर्ने संभावना एकदमै धेरै हुन्छ।

६•बालबालिकको फरक प्रतिभा तथा क्षमतामा ह्रास आउनु: दबाबमा कुनै पनि क्षेत्रमा लाग्दा आत्मसन्तुष्टी नहुनुका साथै तनाव पनि निम्त्याउछ। व्यक्तिगत जीवनको सन्तुलन बिग्रिन्छ।

हरेक बालबालिका बिशेष हुन्छन्।उनीहरुका झुकाव, क्षमता , प्रतिभा, पृष्ठभूमि , भोगाई फरक हुन सक्छ।अभिभावकले आफ्नो बालबालिकासंग सुमधुर तथा मैत्रीपूर्ण व्यवहार राख्नु पर्दछ।उनीहरुका भावाना बुझने प्रयास निरन्तर गरिरहनु पर्छ।कुनै किसिमको आवश्यक सल्लाह सुझाव स्नेहपूर्ण तथा सृजनात्मक तरिकाले दिनु पर्छ।

बालबालिका सजावतका सामान हैनन । अभिभावकले बालबालिकालाई आफ्ना महत्त्वाकाङ्क्षा पुरा गरिदिने अथवा समाजमामा आफ्नो प्रतिस्ठा बढाईदिने संसाधन को रुपमा प्रयोग गर्नु कुनै अपराध भन्दा कम हैन।यसले बालबालिकाको व्यक्तित्व विकासमा गहिरो आघात पुर्याउछ।

बाल्यावस्थाका अनुभवहरुले हाम्रो जीवन तथा व्यक्तित्व विकासको स्वरुप निर्धारण गर्दछ।अत: बालबालिका तथा अभिभावक बिचको संबन्ध, संवाद तथा अन्तरक्रिया सुमधुर एवम् सृजनात्मक हुनुपर्छ। बालबालिकालाई आफ्नो क्रमिक स्तरोन्नतीका लागी आफैसंगको स्वस्थ प्रतिस्पर्धाका निम्ति प्रोत्साहन गर्नुपर्छ। हारजितको चक्रबाट माथी उठेर बालबालिकालाई परिश्रम तथा प्रयासमा रमाउन सिकाउनु पर्छ।

Leave a comment