वर्तमान सामाजिक-संजालीय अमर्यादित क्रियाकलाप, भविष्यमा संतानका लागी अभिषाप

बालबालिकाका लागी अभिभावक आदर्श हुन्छन्।अभिभावकको छवी कलिला नजरमा कुनै नायकको भन्दा कम हुदैन।जन्मे देखी नै अभिभावकको स्नेह, संरक्षण र मार्गनिर्देशनमा हुर्केका उनीहरुले अरु बालबालिकाहरुसंग कुराकानीको क्रममा समेत आफ्नो अभिभावकको गुणगान गर्दा थाक्दैनन्। विश्वास र स्नेह यति प्रवल हुन्छ कि आफ्नो अभिभावकको चित्रण सबै भन्दा उत्कृष्ट अभिभावकको रुपमा गर्छन् -मानौ कुनै प्रतिस्पर्धा होस्।

अहिलेका थुप्रै युवापुस्ता क्षणिक ख्याती तथा अर्थका लागी विभिन्न सामाजिक संजालका माध्यमबाट व्यक्तिगत आपत्तिजनक तथा अमर्यादित सामाग्रीहरु प्रस्तुत गरिरहेका छन्। कालान्तरमा उनीहरुले अभिभावकको भुमिका निर्वाह गरिरहदा , बालबालिकाले आफ्नो अभिभावकको अतितको सामना गर्नु नपर्ला भन्न सकिन्न। तेस्तो किसिमको परिस्थिति सृजना भएको खण्डमा परिणाम एक्दमै प्रतिकुल हुनेछ।

अभिभावकको आदर्श छवी सजाएर हुर्केका कलिला बालबालिकामा समय संगै स्वभाविक चेतनाको क्रमिक विकास पनि हुदै जान्छ। उनीहरुले विस्तारै व्यावहारिक कुराहरु बुझ्न थाल्छन्। घरायसी कामकाजमा सघाउनुका साथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाउन थाल्छन्। भावनात्मकरुपले निकै नै संवेदनशील हुन्छन्।सानो कुराले समेत गहिरो छाप छोर्न सक्छ। सहजता र असहजताका बिच तुरुन्तै प्रतिक्रियात्मक व्यवहार देखाईहाल्छन्।झन अभिभावकहरु विरुध्दमा कसैले कुनै किसिमको नकारात्मक टिप्पणी गर्दा आक्रमक शैलीमा आफ्नो प्रतिक्रिया जनाउछन्।बालबालिकाको व्यक्तित्व विकास अभिभावकको वर्तमान आचरणले मात्र हैन , अतितका गतिविधिले पनि असर गर्न सक्छ।

अहिलेका थुप्रै युवापुस्ता क्षणिक ख्याती तथा अर्थका लागी विभिन्न सामाजिक संजालका माध्यमबाट व्यक्तिगत आपत्तिजनक तथा अमर्यादित सामाग्रीहरु प्रस्तुत गरिरहेका छन्। दुर्भाग्यवस् उक्त जमातमा नवअभिभावाक तथा प्रौढहरुको संख्या समेत उल्लेखनीय रहेको छ। कालान्तरमा उनीहरुले अभिभावकको भुमिका निर्वाह गरिरहदा , बालबालिकाले आफ्नो अभिभावकको अतितको सामना गर्नु नपर्ला भन्न सकिन्न। तेस्तो किसिमको परिस्थिति सृजना भएको खण्डमा परिणाम एक्दमै प्रतिकुल हुनेछ।यस्ले बालबालिका र अभिभावफ बिचको संबन्ध मात्र चिस्याउदैन, साथसाथै बालबालिकाको मानसिक तथा सामाजिक स्वास्थ्यमा गहिरो आघात पुर्याउन सक्छ।बालबालिका उदाशिनता, नैराश्यता, हिनताबोध, चिडचिडापन, दुर्व्यसन,गैर सामाजिक क्रियाकलापमा संलग्नता जस्ता समस्या देखिन सक्छ। अभिभावकको भविष्य अन्योलमा पर्न सक्छ नै, बालबालिकासमेत सर्वाङ्गीण विकासको संतुलन विग्रिन सक्छ। जस्को परिणामको असर लामो समय सम्म रहिरहन सक्छ।

मानिसले आफ्नो मर्यादा कुनै पनि परिस्थितिमा भुल्नु हुन्न। सबैका व्यक्तिगत तथा सामाजिक जिम्मेवारीहरु हुन्छन् । यो एक्दमै संवेदनशील विषय हो। यस तर्फ हामी सबै गम्भिर हुनु जरुरी छ। हामीले अहिले चाल्ने हरेक पाईलाले हाम्रो तथा हाम्रो संततीको भविष्य सुनिश्चित गर्छ।

Leave a comment