अभिभावकले आफ्ना संतानलाई दिनहुँ सोध्नु नै पर्ने केही प्रश्नहरु

आफ्नो बालबालिका संग प्रगाढ सम्बन्ध स्थापित गर्न तथा उनीहरूको विस्वास जिती, निरन्तर प्रोत्साहित गर्दै सुरक्षाको प्रत्याभूति गराउन अभिभावकले आफ्ना संतान संग नियमित मैत्रीपूर्ण तरिकाले कुराकानी गर्नु निकै नै महत्वपूर्ण रहेको हुन्छ। यसरी बालबालिका संग नियमित कुराकानी गर्नका लागी अभिभावकले आफ्ना चरम व्यस्तताका बाबजुद पनि दिनहुँ एक निश्चित समय निकाल्नु एकदमै जरुरी हुन्छ। यो समय केवल अभिभावक र संतान बिचको हुनु पर्दछ।

आफ्नो अभिभावक संग आफ्ना मनका कुरा सहजताका साथ साझा गर्ने बानी परेकाले बालबालिकाहरू कुलत तथा विसंगति पर्ने अथवा कसैबाट बहकिने संभावना अत्यन्तै न्यून हुन्छ।

बालबालिका संग समय व्यतीत गर्दा तथा कुराकानी गर्दा केहि खास विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नु आवश्यक हुन्छ। हुन त अन्तरक्रिया लाई सहज बनाउनका लागि हाँसो-ठट्टा तथा अंकमाल उत्तिकै महत्वपूर्ण रहेको हुन्छ।

अभिभावकले आफ्ना संतान संग दिनहुँ सोध्नु पर्ने तथा उनीहरूको बारेमा जान्नु पर्ने महत्वपूर्ण कुराहरू।

  1. तिमीसंग आज दिनभरीमा भएको सबै भन्दा रमाइलो कुरा के थियो?
  2. के तिमीले आज कसैलाई सहयोग गर्यो? सहयोग गर्दा कस्तो अनुभव भयो?
  3. आज के नयाँ सिक्यो?
  4. आज दिनभरी भएका गतिविधिहरूमा केहि परिवर्तन गर्ने अवसर पाएको भए के परिवर्तन गर्थ्यो?
  5. भोलिका लागि तिम्रा के कस्ता योजनाहरु रहेका छन्?
  6. तिम्रो मनमा कुनै किसिमको जिग्यासा छ भनें निसंकोच भन!
  7. तिम्रो र साथीहरु बिचको आपसी व्यावहार कस्तो रह्यो आज?

बालबालिकासंग नियमित रूपमा प्रश्नलाई प्रश्न जस्तो नभई सामन्य तथा स्नेही भावले प्रष्टसँग कुराकानी गर्दा उनीहरु आफूलाई पनि खुलस्त रुपले प्रस्तुत गर्नेछन्।यसले गर्दा बालबालिकाहरूको मानसिक स्वास्थ्यमा समेत निकै नै सकारात्मक असर पर्दछ। बालबालिकाले आफ्नो समस्या, संदेह तथा संकोचको उत्तम समाधान पाउछन्। अभिभावकले पनि आफ्नो बालबालिकाको स्वभावबारे राम्ररी अवगत हुन्छन्।

आफ्नो अभिभावक संग आफ्ना मनका कुरा सहजताका साथ साझा गर्ने बानी परेकाले बालबालिकाहरू कुलत तथा विसंगति पर्ने अथवा कसैबाट बहकिने संभावना अत्यन्तै न्यून हुन्छ।यसले बालबालिका तथा अभिभावक बिचको सम्बन्धलाई समेत मजबुत बनाउँदै लगेको हुन्छ।

Leave a comment