किशोरकिशोरीहरु लाई सम्झाउनु नै पर्ने तीन महत्वपूर्ण कुराहरू

किशोरावस्था मानव जीवनको सबैभन्दा संवेदनशील अवस्था हो। यति बेला विभिन्न किसिमका शारिरिक तथा मानसिक परिवर्तनहरू तिव्र गतिमा भइरहेको हुन्छ। सैद्धान्तिक रुपमा अवोध बाट बौद्धिक स्थिति आवरण गर्ने प्रक्रियाको रुपमा समेत केहि हदसम्म यस अवस्थालाई परिभाषित गर्न सकिन्छ।

जिवनको उतारचढावमा प्रोत्साहित हुनु जतिकै हतोत्साहित हुनु पनि स्वाभाविक हुन्छ। यसैले प्रोत्साहन र हतोत्साहन को चक्र देखि माथि उठेर हरेक परिस्थितिमा अनुशासित हुनुको महत्व बारेमा अवगत गराउनु आवस्यक हुन्छ।

यस समय अवधिमा किशोरकिशोरीले केहि व्यावहारिक मार्ग निर्देशन पाएनन् भने उनिहरु मानसिक स्तरमा विभिन्न किसिमका चुनौतीका सामना गर्नुपर्ने हुन सक्छ। कहिले काँही यस्ता चुनौतीहरु असहनीय तथा पिडादायी पनि हुन सक्छ।

अत: अभिभावक तथा शिक्षकले किशोरकिशोरीहरु लाई व्यावहारिक शिक्षा अन्तरगत निम्न मार्गनिर्देशन प्रदान गर्नु उचित हुनेछ।

  • परिणाम भन्दा प्रयास महत्वपुर्ण: किशोरकिशोरीहरु लाई अपेक्षाकृत परिणाम भन्दा पनि प्रयासको महत्त्व बारे सम्झाउनु अत्यन्त आवश्यक हुन्छ । दत्तचित्त भएर प्रयास गर्न सक्नु नै सफलता हो। जुनसुकै परिस्थितिमा पनि प्रयास गरिरहने मान्छे आफ्ना लागि प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा सहज तथा सम्बृद्ध जिवनका लागि प्रशस्त अवसरहरु सृजना गरिरहेका हुन्छन्।
  • प्रोत्साहन भन्दा अनुशासन व्यवहारिक : किशोरकिशोरीहरु लाई यो सम्झाउन निकै नै आवश्यक छ कि आफ्नो गन्तव्यको पथमा कोही पनि निरन्तर प्रोत्साहनको अनुभूति गर्न सक्दैनन्। जिवनको उतारचढावमा प्रोत्साहित हुनु जतिकै हतोत्साहित हुनु पनि स्वाभाविक हुन्छ। यसैले प्रोत्साहन र हतोत्साहन को चक्र देखि माथि उठेर हरेक परिस्थितिमा अनुशासित हुनुको महत्व बारेमा अवगत गराउनु आवस्यक हुन्छ।
  • असफलता प्रति सकारात्मक दृष्टिकोण: असफलता , सफलता जति नैं स्वभाविक हुन्छ भन्ने कुरा किशोरकिशोरीहरु ले बुझ्नु निकै नै आवश्यक हुन्छ। कहिले काँही तिनीहरूले आफ्नो पुर्ण समर्पित प्रयास गर्दागर्दै पनि असफलताको सामना गर्नुपरेको खण्डमा अभिभावक, शिक्षक तथा समाजले पनि अपहेलना गरिदिनु भएन।

यसरी किशोरकिशोरीहरु जीवनको प्रारम्भिक चरण देखि नै जीवनोपयोगी केहि सिद्धान्तहरू लाई आफ्नो आचरणमा ढाल्न सक्यो भने यात्रा आवश्य नै आनन्दमय हुनेछ।

Leave a comment